Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विश्वकप फुटबल: ब्राजिल नकआउट चरणमा

विश्वकप फुटबल: ब्राजिल नकआउट चरणमा

  • पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

    images
    images
    images

    दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन साँत मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो । स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठिन जित निकाल्न सफल भएको हो । कासिमिरोले रोड्रिगोको पास सदुपयोग गरेका थिए । यस अघि खेलको ६५औं मिनेटमा भिनिसियस जुनियरको गोल अफसाइड भएको थियो । 

    लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गरको छ । पहिलो खेलमा उसले सर्बियामाथि २–० को जित हासिल गरेको थियो । दुई खेलमा तीन अंक सहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । समूहमा सोमबारै चाँडो गरि सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३–३ को बराबरी खेलेका थिए । 

    समूहको अन्तिम खेलमा शनिबार ब्राजिलले क्यामरुन तथा स्विट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल नकआउट चरण पुगिसकेको अवस्थामा बाँकी तीनवटै टोलीको अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij