
Apr 22 2025 | २०८२, वैशाख ९ गते
जर्मनी कतारमा जारी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ । गएराति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलास फुलक्रुगले ८३ औं मिनेटमा गाेल गरेपछि हारबाट जोगाएका हुन् ।
बरारबरीसँगै समूह ‘इ’ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ । जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो ।
समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ । यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२ औं मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए ।
अब अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij