
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं। विश्वकप फुटबलमा आज बुधबार ४ खेल हुँदैछन्। कतारमा जारी विश्वकपमा बुधबार समूह ‘ई’ र ‘एफ’ को खेल हुँदैछन्। समूह ईमा जर्मनी र जापान नेपाली समय अनुसार बेलुकी पौने ७ बजे भिड्दै छन्।
जर्मनी र जापानबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ। अर्को खेलमा स्पेन र कोस्टारिका राति पौने १० बजे आमने सामने हुनेछन्। स्पेन र कोस्टारिकाबीचको प्रतिस्पर्धा अल थुमामा रंगशालामा हुनेछ। समूह ‘एफ’ को खेलमा भने मोरक्को र क्रोएसिया दिउँसो पौने ४ बजे भिड्दै छन्। मोरक्को र क्रोएसिया अल बेत स्टेडियममा प्रतिस्पर्धा गर्नेछन्।
अर्को खेलमा बेल्जियम र क्यानडा राति पौने १ भिड्नेछन्। बेल्जियम र क्यानडाबीचको खेल अहमद बिन अली रंगशालामा हुँदैछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij