Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको राशिफल 

आजको राशिफल 

  • मेष
    आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

    images
    images
    images

    वृष
    सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाइनेछ ।

    मिथुन
    अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

    कर्कट
    आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला । पुँजी बजारमा पनि फाइदा हुनेछ ।

    सिंह
    आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कन्या
    बन्न लागेको काम बिग्रनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

    तुला
    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।

    वृश्चिक
    आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

    धनु
    नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

    मकर 
    आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।

    कुम्भ 
    आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    मीन
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij