
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ बनाउन भारतसँग जोडिएको रौतहटको सम्पूर्ण नाका ४ दिनसम्म बन्द हुने भएको छ । सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचन भयरहित गराउन रौतहटको सम्पूर्ण नाका बन्द हुने जानकारी दिएको छ ।
मंसिर १ गते १२ बजेदेखि मंसिर ४ गते रातीसम्म गौर, बनजरहा, औरैया, राजपुर, नरकटिया, बंकुल, बेलबिछवालगायत सम्पूर्ण नाका बन्द रहने सूचनामा उल्लेख गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij