
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड गरिएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा लामिछानेको बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड भएको हो ।
लेवाटारमा सत्ताधारी गठबन्धनको कार्यक्रम हुँदै थियो । सोही कार्यक्रमबाट निस्केका एक युवाले लामिछानेको गाडी रोकेर तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी फुटाउने गठबन्धनका एकजना कार्यकर्ताको पहिचान खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले जनाएको छ । तर प्रहरीले आरोपीलाई भने पक्राउ गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij