Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

२ वटा विमान आकाशमै ठोक्किए

२ वटा विमान आकाशमै ठोक्किए

  • अमेरिकाको टेक्ससमा दुई वटा विमान आकाशमै ठोक्किदा दुर्घटना भएकाे छ । टेक्ससको डालासमा एयर शोका क्रममा द्वितीय विश्व युद्धमा प्रयोग भएका विमानहरु ठोक्किएका हुन् । विमान ठोक्किएपछि यसरी विष्फोट भएका थिए कि एउटा विमान आकाशमै चकनाचुर भएको थियो भने अर्को विमान दुई टुक्रा भएको थियो ।

    images
    images
    images

    डालासमा शनिबार दोस्रो विश्व युद्धको स्मृति एयर शो आयोजना गरिएको थियो । शो हेर्न टाढा टाढाबाट मानिसहरु डालास पुगेका थिए । एयर शो चलिरहेका बेला बोइङ बी–१७ विमान किङकोब्रा पी–६३ विमानसँग ठोक्किएको हाे । दुर्घटनामा परी कति जनाको निधन भयो भन्ने खुलाइएको छैन् । बोइङ बी–१७ मा चालक दलका कम्तिम ४ जना रहेको जनाइएकाे छ ।

    अर्को विमानमा सामान्यतया पाइलट मात्रै हुने रहने गरेको अमेरिकी एभिसन एडमिनिस्ट्रेसनले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij