
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । मङ्गलवारदेखि बङ्लादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो ।
खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । मङ्गलवार भएको उद्घाटन खेलमा आयोजक बङ्लादेशले भुटानलाई ८–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि टोली पूर्ण रुपमा तयार रहेको बताएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij