Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल

  • काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेल हुँदैछन् । बिहान पौने १० बजे एडलेडमा नेदरल्याण्ड्स र जिम्बाबे भिड्दा दिउँसो पौने २ बजे सोही मैदानमा भारतले बंगलादेशसँग खेल्नेछ ।

    images
    images
    images

    सुपर १२ चरणको समुह दुईमा तीन खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ । ४–४ अंक जोडेका भारत र बंगलादेश दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको जिम्बाबेको ३ अंक छ भने २ अंक मात्रै जोडेको पाकिस्तान पाँचौ स्थानमा छ । पुछारमा रहेको नेदरल्याण्ड्सले अंक जोड्न सकेको छैन ।

    विश्वकपअन्तर्गत मंगलबारको खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इंग्ल्याण्ड समुहको दोस्रो स्थानमा उक्लिएको छ ।

    समुह एकमा ४ खेलबाट इग्ल्याण्डको ५ अंक छ । शिर्ष स्थानको न्युजिल्याण्ड तथा तेस्रो स्थानको अष्ट्रेलियाको पनि समान ५–५ अंक रहेको छ । सुपर १२ चरणका दुबै समुहका शिर्ष दुई टोलीहरु सेमिफाइनलमा पुग्नेछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij