
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि तिहारभर फुटपाथ क्षेत्रमा व्यापार गर्न अनुमति दिएको छ । तिहारको भाइटिकाको दिन बिहान १० बजेसम्मका लागि फुटपाथ खुल्ला गरेको महानगरले जनाएको छ ।
आइतबारदेखि सडकपेटी र सडक बाहेकका महानगरका खाली स्थानमा फुटपाथ व्यवसाय खोलेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार रहेको छ ।
महानगरले फुटपाथ व्यवस्थित गर्न प्रहरी समेत खटाएको हाछेथुले बताएका छन् । उनले स्थानीय उत्पादनलाई फुटपाथमा सिधै उत्पादनकर्ताले नै बेच्दा सस्तो पर्ने भन्दै बिचौलियालाई रोक्न नगर प्रहरीले काम गर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij