
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रहरी जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अहिले उनी प्रहरी वृत्त गौशालाको हिरासतमा छन् । आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो । यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन र आइतबार चौथोपटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको हो ।
एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध उजुरी परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij