Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

कालो अरिंगालले चिलेर एक युवकको मृत्यु

कालो अरिंगालले चिलेर एक युवकको मृत्यु

  • काठमाडौँ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिंगालले चिलेर मृत्यु भएको छ ।

    images
    images
    images

    रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताएका छन् । अरिंगालले चिलेर अन्य चार युवा पनि घाइते भएको जनाइएको छ ।

    रातको समयमा गएका र रुखमा चढेर अरिंगाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले जनाएका छन् ।

    अरिंगालको टोकाइबाट बेहोस भएका दिवशको मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij