
Apr 19 2025 | २०८२, वैशाख ६ गते
का ठमाडौँ । काठमाडौँ उपत्यकामा प्रहरीले एकै दिन १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको छ । कार्यालयले स्पष्ट रुपमा नम्बरहरू नदेखिने र मापदण्डअनुसार नम्बर प्लेट नराख्ने सवारी साधन जाँच अभियानलाई तीव्रता दिने क्रममा एकै दिन १ हजार ४ सय ७ जना चालक कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेहरुमा नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना, तीव्र गतिमा सवारी चलाउने १ सय ५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठुलो आवाज निकाल्ने २ मोटरसाइकलका चालकलाई कारवाही गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ।
अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ८८ जना चालक पनि कारवाहीमा परेका छन् । कार्यालयले स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij