
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सिरहामा नक्कली नोटसहित एक युवकलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय जिवछ कामती रहेका छन् । कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित उनलाई पक्राउ गरिएको जनाइएको छ ।
उक्त नक्कली नोट सहित उनलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij