
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । हेटौंडा-४ को हुप्रचौर स्थित डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो ।
उक्त स्थानमा आगो नियन्त्रणन गर्न हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागी निभाउने प्रयास भएता पनि पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ताले जानकारी दिए ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलका अनुसार डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पडि्कएर आगलागी भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij