
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेको विद्यालयका प्रधानाध्यापकले बताएका छन् । जेब्राक्रसबाट बाटो काट्ने क्रममा उक्त बसले ठक्कर दिइ सो विधार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । स्थानीय बासिन्दा र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले ठक्कर दिने बसलाई आगजनी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij