Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

  • काठमाडौँ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसीपमा नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

    images
    images
    images

    खेलमा नेपालले सुरुवातबाटै दबाब सिर्जना गर्दै निरन्तर गोल गरेको थियो। नवौं मिनेटमा हिरा कुमारी भुजेलको पासमा रश्मी कुमारी घिसिङले पहिलो गोल गर्दा ११ मिनेटमा सरु लिम्बूले अग्रता दोब्बर बनाइन्।
    तेस्रो गोल नेपालका लागि अमृता जैसीले १७ मिनेट गर्दा चौथो गोल दीपा शाहीले पहिलो हाफको अतिरिक्त समयमा गरिन्।

    images

    पहिलो हाफमा ४–० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। दुवै गोल सब्सिच्यूट खेलाडी अमिषा कर्कीले गरेकी थिइन्।

    नेपालको जितसँगै भुटान पनि सेमिफाइनल पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij