Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लिभरपुलको लज्जास्पद हार

लिभरपुलको लज्जास्पद हार

  • च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । समूह ए अन्तरगतको खेलमा लिरभपुल ४-१ गोलअन्तरले पराजित भएको हो ।

    images
    images
    images

    योर्गन क्लपको टोली पहिलो हाफमा नै ३-० गोलले पछि परेको थियो । पिओटर जिलिन्स्कीले पाँचौँ मिनेटमा नै पेनाल्टीमार्फत नापोलीलाई अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा भिक्टर ओसिम्हेनले पेनाल्टीबाट अग्रता दोब्बर गर्ने मौका गुमाए । तर आन्द्रे फ्रांक एन्गुइसा र जियोभानी सिमिओनीले गोल गर्दै नापोलीको अग्रता फराकिलो बनाए ।

    दोस्रो हाफमा जिलिन्स्कीले अर्को गोल थपे । तर लगत्तै लिभरपुलका लागि लुइस डियासले गोल फर्काए । समूहकै अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४-० को अन्तरले पराजित गरेको छ ।

    लिभरपुल नापोलीसँग पराजित

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij