
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । सो भुकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
जसमध्ये गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । साथै गाञ्जीमा १२ जना हराइरहेका, ५६ जना गम्भीर घाइते भएका छन् ।
स्थानीय समयअनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij