
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको ट्रफी आज बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ । अस्ट्रेलियामा १६ अक्टोबरबाट टी–२० विश्वकप क्रिकेट आयोजना हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी भक्तपुरमा प्रदर्शन गरेको हो । ट्रफी प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी शरद भेषवाकर, मेहबुब आलम र राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री पुगेका थिए ।
खेलाडीले पालैपालो ट्रफी बोकेर दर्शक तथा समर्थकबीच प्रदर्शन गरेका थिए । ट्रफी प्रदर्शनमा अभिनेता सरोज खनाल लगायत गएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij