Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नासाको शक्तिशाली चन्द्र रकेट प्रक्षेपण रद्द

नासाको शक्तिशाली चन्द्र रकेट प्रक्षेपण रद्द

  • नासाले चार आर एस-२५ इन्जिनहरू मध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो  विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति  सेप्टेम्बर २ र  ५  तोकेको छ। मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको बताइएको छ। यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको छ।

    AGNI GROUP

    स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो। त्यसले ५० वर्षको रिक्ततापछि मानवलाई चन्द्रमामा पठाउन लागेको नासाको आर्टमिस कार्यक्रमका लागि एउटा आधारस्तम्भ खडा गर्ने भनिएको छ।

    केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समय अनुसार ८ बजेर ३३ मिनेट अर्थात् जीएमटी समय १२ बजेट ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो।

    तर प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गर्यो। इन्जिनको समस्या समाधान भए सेप्टेम्बर २ मा रकेट प्रक्षेपण हुने जनाइएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij