Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज नेपाल र केन्याबीच दोस्रो खेल

आज नेपाल र केन्याबीच दोस्रो खेल

  • काठमाडौं । आज नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

    images
    images
    images

    भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखलामा १-० को अग्रता लिइसकेको छ । बुधबार मात्रै केन्या पुगेका सोमपाल कामीले बिहीबारको खेलमा ३ विकेट लादै म्यान अफ दि म्याच घोषित भएका थिए ।


    पहिलो खेलमा दोस्रो चरणमा केन्या पुगेका सोमपाल कामी र बिहीबारै बिहान पुगेका आदिल आलम पनि खेलेका थिए । कप्तान सन्दीपसहित ११ खेलाडी पहिलो चरणमै केन्या पुगेका थिए । बाँकी दुई खेलाडी बसिर अहमद र शाहब आलम पनि केन्या पुगिसकेका छन् । दोस्रो खेलका लागि नेपाली टिममा सबै खेलाडी उपलब्ध हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij