Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको राशिफल 

आजको राशिफल 

  • मेष
    आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

    वृष 
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

    images
    images
    images

    मिथुन
    शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धुबान्धवबाट सहयोग र राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    कर्कट 
    आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।

    सिंह
    नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।

    कन्या
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

    तुला
    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

    वृश्चिक 
    आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक काम हुनेछ ।

    धनु
    चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्यमा लाभ र आराम मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बहुमूल्य वस्तु हात पर्नेछ ।

    मकर 
    रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    कुम्भ
    प्रेमीको सहयोग प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुचि बढ्नेछ ।

    मीन
    आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । यात्रा पनि कमजोर रहला ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij