Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही 

एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही 

  • काठमाडौँ । उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । विभिन्न स्थानमा बिहीबार ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    images
    images
    images

    कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ११४, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२,  रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नम्वर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् । 

    यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij