Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ट्वीटर गतिविधिलले ३४ वर्ष जेल सजाय

ट्वीटर गतिविधिलले ३४ वर्ष जेल सजाय

  • साउदीको एक अदालतले एक महिलालाई उनको ट्विटर गतिविधिलाई लिएर ३४ वर्षको जेल सजाय सुनाएको छ । राज्यमा ‘सार्वजनिक व्यवस्थामा बाधा पु¥याउन’ खोज्ने असन्तुष्टहरूलाई सहयोग गरेको आरोपमा सलमा अल–शेहाबविरुद्ध साउदीको पुनरावेदन अदालतले ९ अगस्टमा उक्त सजाय सुनाएको हो । 

    images
    images
    images

    बेलायतको युनिभर्सिटी अफ लिड्समा पीएचडी अध्ययनरत तथा दुई सन्तानकी आमा शेहाबलाई थप ३४ वर्षसम्म विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ । ट्वीटरमा लगभग २६ सय फलोअरहरू भएका शेहाबले रूढिवादी सुन्नी मुस्लिम देशमा महिला अधिकारको बारेमा बारम्बार ट्वीट गर्थिन ।

    यो सजाय खाडी देशमा अधिकारकर्मीहरू माथिको दमनबीचमा आएको छ । उनीहरुमध्ये धेरैलाई जेल सजाय र यात्रा प्रतिबन्ध लगाइएको छ ।

    बेलायतबाट साउदीमा बिदा मनाउने क्रममा शेहाबलाई सन् २०२१ को जनवरीमा पक्राउ गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij