Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बम विस्फोटसँगै आगलागी,सात जना घाइते

बम विस्फोटसँगै आगलागी,सात जना घाइते

  • बुधबार दक्षिणी थाइल्यान्डमा कम्तीमा १७ स्थानमा विस्फोट र आगलागी भएको अधिकारीहरूले बताएका छन्। विस्फोटमा ७ जना घाइते भएका छन् । स्टो र एक ग्यास स्टेशनलाई लक्षित गरी बम विष्फोट भएका थिए । मध्यरातमा भएका विस्फोटमा कम्तीमा सात जना घाइते भएका सुरक्षाकर्मीले जनाएका छन् ।

    images
    images
    images

    आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । मलेसियासँगको सिमानामा रहेको दक्षिणी थाइल्याण्डका प्रान्तहरूले दशकौंदेखि तल्लो तहको विद्रोह देखेका छन् । हिंसाको अनुगमन गर्ने डीप साउथ वाच समूहका अनुसार सन् २००४ देखि द्वन्द्वमा ७ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् ।

    सन् २०१३ मा सुरु भएको शान्ति वार्तामा बारम्बार अवरोध देखिएका छन् । यस वर्षको सुरुमा थाई सरकारले महामारीको कारण दुई वर्षको अन्तरालपछि मुख्य विद्रोही समूह, बारिसन रिभोलुसी नेसनलसँग पुनः वार्ता सुरु गरिरहेकै बेला बुधबारको आक्रमण भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij