
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरस्थित नख्खु कारागारभित्र नाराबाजी भएको छ । आज बिहान पौने ११ बजेदेखि कैदी बन्दीहरु बिद्रोहमा उत्रेका हुन् । कारागारको नयाँ ब्लकमा रहेको सुधारगृहका आन्तरिक प्रशासन नाइके सन्तोष गुरुङ,आइते तामाङ, प्रदीप थपलिया र नारायण थापाले कैदीबन्दीहरुमाथि चरम आर्थिक शोषण,दमन र अनियमितता गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।
राज्यकोषबाट पाउने सेवा सुविधा तथा भित्र खोलिएको क्यान्टिन, किराना पसल, मासु पसल, कफी सप, जिम खाना,मेसमा उनीहरुको मनलागी भएपछि आन्दोलनमा उत्रिएको कैदीको भनाइ छ । गुरुङ,तामाङ,थपलिया र थापाले नाइके,भाइ नाइके,शिक्षक आदिमा आफूखुशी पैसा लिएर नियुक्ति गर्ने गरेकोमा निष्पक्ष छानबिनको माग गर्दै हिजोबाट आन्दोलन उत्रिएका हुन् ।
पीडकको आरोप लागेका नाइके चौकिदार सन्तोष गुरुङलाई आन्दोलनकारीबाट जोगाउन कास्की जिल्ला कारागारका जेलर सुवाषकुमार लामिछानेको सरकारी गाडीमा त्यहाँबाट अन्यत्र लगिएको छ ।
नख्खु कारागारको सिआरसी ब्लकमा ५६१ जना, नयाँ ब्लकमा ४६२ र डिआरसी ब्लकमा ५२३ जना गरी कूल १४ सय ४६ जना कैदीबन्दी रहेको जेल प्रशासनले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij