
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आठ पटकका जिउजित्सु विश्व च्याम्पियन लियान्द्रो लो: लाई गोली हानी हत्या गरिएको छ । ब्राजिलियन खेलाडी लियान्द्रोमाथि ब्राजिलको साओ पाउलोको एक क्बलमा गोली प्रहार भएको उनका वकिललाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
वकिल इभा सिक्विरी जुनियरले बताए अनुसार लियान्द्रो बसिरहेको टेबल नजिकै आएर आक्रमणकारीहरुले उनलाई तर्साएपछि लियान्द्रोले दुवैजनालाई जमिनमा लडाएका थिए । त्यसपछि लियान्द्रोले उनीहरुलाई उठ्न मदत समेत गरेका थिए तर सोही समयमा एकजनाले बन्दुक निकाल्दै उनको टाउँकोमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।
लियान्द्रोलाई अस्पताल लगेपनि उनलाई मृत्त घोषित गरिएको थियो । ३३ वर्षीय लियान्द्रोमाथि गोली प्रहार गरेको आरोपमा एक ड्युटीमा नरहेका प्रहरीलाई पक्राउ गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij