Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

आइफोन १४ सेप्टेम्बरमा सार्वजनिक हुँदै

आइफोन १४ सेप्टेम्बरमा सार्वजनिक हुँदै

  • काठमाडौं । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ । भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको हो ।

    images
    images
    images

    भारत र चीन दुवै देशबाट पहिलो पटक नै आइफोन १४ आपुर्ति सुरु गर्ने बताइएको छ । एप्पलले चीनसँगै भारतबाट पनि हाइइण्ड फोनको उत्पादन तथा आपुर्ति सुरु गर्ने जनाइएको छ ।

    images

    एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ । आइफोन १४ को मुल्य सुरुमा ८९९ डलर हुने स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij