Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भैंसेपाटी सडक विस्तार निर्माण कार्य सम्पन्न गर्ने सहमति 

भैंसेपाटी सडक विस्तार निर्माण कार्य सम्पन्न गर्ने सहमति 

  • ललितपुर । भैंसेपाटी सडक विस्तार निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको छ । 
    पीडित समूहको आयोजनामा शनिबार बिहान ८–११बजे सम्म स्थानीय बासिन्दा हरूले स्वतस्फूर्त रुपमा भैंसेपाटी सडक बन्द गरेको थियो  । 

    onlinepatrika
    Arghakhachi

    प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बिहान समन्वय बैठक बोलाएको छ ।  बैठकमा स्थानीयवासी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी को समन्वयमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आयोजना प्रमुख कृष्ण ओझा, ठेकेदार शान्तकुमार श्रेष्ठ, स्थानीय वडा अध्यक्ष द्वय दामोदर खड्का, दौलत खत्री, महानगरपालिका का बोर्ड सदस्य बिकास कुमार रोक्का, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, भैसेपाटी, बुंगमती, खोकना, छम्पी लगायतका स्थानीयहरू, जिल्ला सुरक्षा निकायका प्रमुखहरु सम्मिलित बैठकमा उपस्थित भएका छन् ।

    AGNI GROUP

    उक्त वैठकबाट ठेकेदारले भोलि बिहान देखिनै बाटोको खाल्डाखुल्डी टाल्ने र लगातार कामहरु गर्दै दशैं अगाडिनै निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशीले अनलाइन पत्रिकालाई जानकारी दिए ।

    सो सम्बन्धित लिखित सहमति पत्र ठेकेदारले आयोजना प्रमुखलाई बुझाउने र आयोजना प्रमुखले सम्बन्धित वडा अध्यक्ष हरुलाई लिखित पत्राचार गर्ने निर्णय गरिएको जोशीले बताए ।

     यस्तै, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सम्मन्वय बैठकबाट ठेकेदारले दशैँसम्म सडक निमार्ण कार्य सम्पन्न गर्ने सहमति भएको बताए । 

    297682140_327932029468333_7903801338378273639_n.jpg297390140_381595960812859_8423454306132268306_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij