
Apr 19 2025 | २०८२, वैशाख ६ गते
मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । जनस्वास्थ्य संकटकाल घोषणासंगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ ।
विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको हो ।
अमेरिकामा हाल ६ हजार ६ सय जना मंकीपक्सका बिरामीहरु फेला परेका छन् । विश्वभर अहिले २६ हजार जना मानिस मंकीपक्सका संक्रमण भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij