
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार हाल देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको भइरेको छ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij