Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

ओप्पो ए७७ नेपाली बजारमा

ओप्पो ए७७ नेपाली बजारमा

  • काठमाडौं । ओप्पोको ‘ए’ सिरिजको नयाँ स्मार्टफोन ‘ए७७’ नेपाली बजारमा सार्वजनिक भएको छ । ५००० एमएएच ब्याट्री क्षमता सहितको यो फोनमा ६.५६ इन्चको डिस्प्ले छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरसहित ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । साथै फोनमा ६० हर्जको रिफ्रेस रेटसहितको डिस्प्ले छ, जसमा वाटर ड्रप नच रहेको छ भने साइड बेजल्सहरू निकै कम राखिएको छ ।

    images
    images
    images

    फोनमा मिडिया टेकहेलियो चिपसेट पनि उपलब्ध छ । यसमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छ भने ४ जीबीसम्म भर्चुअल र्‍याम थप गर्न सकिन्छ ।

    images

    स्काई ब्लु र सनसेट ओरेन्ज कलरमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा २५ हजार ९९९ रुपैयाँमा किन्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij