Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

आज प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

  • काठमाडौँ । नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए । 

    images
    images
    images

    १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ । मोहन कुमार थापालाई अख्तियार, काजी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालय स्थित अंगरक्षक गण र विपिन रेग्मीलाई प्रधान कार्यालयका प्रबन्ध शाखामा पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहिबार पदस्थापनको निर्णय गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij