Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नुडल जस्तो वस्तु मंगल ग्रहमा फेला

नुडल जस्तो वस्तु मंगल ग्रहमा फेला

  • नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो वस्तु  फेला पारेको छ । उक्त वस्तु सन् २०२१ को फेब्रुअरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा काम गर्न प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ ।

    images
    images
    images

    समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमान छ ।’

    उनले अगाडि भने, ‘हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन ।’ भग्नावशेषको बन्डल पहिलो पटक रोभरको अगाडिको बायाँ जोखिम बचाव क्यामेराले जुलाई १२ मा फेला पारेको थियो । तर चार दिनपछि पर्सेभरेन्स त्यही स्थानमा फर्किएपछि त्यो हराएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij