Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मंकीपक्स प्रकोपः विश्वभर स्वास्थ्य आपत्काल घोषणा

मंकीपक्स प्रकोपः विश्वभर स्वास्थ्य आपत्काल घोषणा

  • विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ। शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन्। अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा मंकीपक्सको संक्रमण देखिएको छ। त्यस्तै, यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

    AGNI GROUP

    डब्लूएचओले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको यो तेस्रो पटक हो। कोरोना भाइरसको महामारीमा दुई वर्षअघि स्वास्थ्य आपत्काल घोषणा गरिएको थियो। त्यसअघि पोलिओको महामारी फैलिँदा पनि डब्लूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

    मंकीपक्स सबभन्दा पहिले सन् १९५० मा मध्य–अफ्रिकामा देखिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij