Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

देशभर बर्षाको सम्भावना

देशभर बर्षाको सम्भावना

  • काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज (बिहीबार) देशका धेरै स्थानमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानमा तथा वागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कणरली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१ लगायत देशको पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij