Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

दूरपश्चिम प्रदेशसभा बैठक पाँचौ पटक स्थगित

दूरपश्चिम प्रदेशसभा बैठक पाँचौ पटक स्थगित

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको छ । सोमबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक पाँचौ पटक स्थगित भएको हो ।

    images
    images
    images

    प्रदेश सरकारले आइतबार बैठक सञ्चालन गर्ने तयारी गरे पनि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार सोमबार बिहान सभामा सूचना टाँस गरी दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। 

    यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij