
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर खरिद नगर्ने भएका हुन् । ट्वीटरले झुठा अकाउन्ट नम्बरहरुको विवरण दिन नसकेको भन्दै एलन मस्कले ट्वीटरसँगको सम्झौता तोडेका जनाइएको छ ।
मस्कले ट्वीटरलाई आफ्नो प्रयोगकर्तामा बोट ५ प्रतिशत भन्दा कम भएको प्रमाणीत गर्न भनेका थिए, जुन ट्वीटरले पूरा गर्न सकेन । ट्वीटरले मस्क विरुद्ध कानूनी कारबाही गर्ने निर्णय लिएको छ । यो बिचमा ट्विटरको स्टक १४ प्रतिशतले कम भएको थियो र मस्कले ट्वीटरको सम्झौता खारेज गरेपछि ट्वीटरको स्टक अझै ५ प्रतिशतले कम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij