Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष सागर न्यौपानेले ऐनले तोकेबमोजिम सुचनाको हकबाट जोकोही व्यक्ति वञ्चित भएमा आफूहरुलाई तत्काल सम्र्पक गर्न आग्रह गरेका छन् ।
महासङ्घ केन्द्रीय कार्यालय तथा राष्ट्रिय सुचना आयोग काठमाडौँले मंगलबार आयोजना गरेको ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले सरकारी सङ्घ संस्थाले गरेका काम जनहितकारी हुन्छ वा हुँदैन सो कुरा पत्ता लगाउन विभिन्न जानकारी बाहिर आउन जरुरी भएको बताए ।
काठमाडौँ महासंघ शाखा अध्यक्ष सूर्य सुवेदीले सुचनाको हक सम्बन्धी कार्यक्रम मात्र पत्रकारिता गरेको व्यक्तिका लागि मात्रै सिमित नगराएर गाउँका नागरिकबीच सो कुराको जानकारी गराउनुपर्ने औँल्याए ।
महासङ्घ केन्द्रीय महासचिव रोशन पुरीले मुलुकका सरकारी संयन्त्रहरुबाट सूचना लुकाउने काम भइरहेको जानकारी गराउँदै सो कुरा अन्त्य गराउन महाङ्घका साथै नागरिक पनि लाग्नुपर्ने सुझाव दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij