Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

श्रीलंकामा इन्धन रित्तियो

श्रीलंकामा इन्धन रित्तियो

  • श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् । उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् ।

    images
    images
    images

    देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा रहेको विजेसेकेराले पत्रकारहरूलाई बताए । जुन नियमत आपूर्ति भइरहेको स्थितिमा एक दिनलाई पनि नपुग्ने परिमाण हो ।

    ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पैसाको अभावमा ईन्धन, खाना र औषधि जस्ता आयातको लागि संघर्ष गरिरहेको छ । सरकारले गत हप्तादेखि नै अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थ दिन रोक लगाएको थियो ।

    मन्त्री विजेसेकेरालका अनुसार पेट्रोलियम पदार्थ आयतका लागि केन्द्रीय बैंकले १२ करोड ५० लाख डलर मात्र उपलब्ध गराएको छ । जब की श्रीलंकाले २ हप्तापछिका लागि मगाएको पेट्रोलियम पदार्थका लागि ५८ करोड ८० लाख डलर आवश्यक छ । श्रीलंकाले यसअघि नै ल्याएको इन्धनको ८० करोड डलर तिर्न बाँकी रहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij