
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । रुपन्देहीमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । जिल्लाको सियारी गाउँपालिका(२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो ।
खेतमा काम गर्न गएका बेला चट्याङ लागेर बरईको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।
प्रहरीका अनुसार बरईको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij