Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

लिफ्ट दिएकै समूहले कार लुटेर भागे

लिफ्ट दिएकै समूहले कार लुटेर भागे

  • धनगढी । कैलालीको बुढीतोलामा कारमा लिफ्ट दिएर सँगै ल्याएका भारतीय समूहले कारै लुटेर भागेका छन् । 

    images
    images
    images

    कैलालीको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको सामग्री लुटेर भगेका छन् । 

    लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारसमेत लुटेर लगेका हुन् । 

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij