Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज मनसुनी वायुको प्रभाव देशभरि रहेको छ । अहिले सामान्य बदली रही प्रदेश नं–१ र अन्य प्रदेशका पहाडी भू–भागमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरि सामान्य बदली रही पहाडी भू–भागका धेरै स्थानहरूमामेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू९भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij