
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच चार बुँदे सहमतिमा एकता भएको छ ।
सहमति पत्रमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र लोक दलका तर्फबाट अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका छन् ।
आइतबार लोसपा नेपालको काठमाडौँस्थित कार्यालयमा एकता घोषणा गरिएको हो । एकताले एकीकरणले समग्र देशभित्र रहेका उपेक्षित, पिडित, पिछडा वर्ग लगायत सम्पूर्ण मधेसी तथा अधिकारबाट बञ्चित नागरिकहरुको आवाजलाई अझ बढी मुखरित गर्ने दुवै दलले दावी गरेका छन् ।
उनीहरुबीच भएको चार बुँदे सहमतिमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने उल्लेख छ ।
त्यस्तै जिल्लादेखि केन्द्रसम्मका लोक दलका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गर्ने र लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई आउने संघ र प्रदेशको निर्वाचनमा लोसपा नेपालको प्रत्यक्ष एवं समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij