
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौँ । रामायण यात्राका लागि भारतीय रेल आज जनकपुर आउँदैछ। नयाँ दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेशनमा आइपुग्ने छ।
६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे १ बजे भारतीय रेल आइपुग्ने मधेश प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री शधुधन महतोले जानकारी दिए।
उनका अनुसार पर्यटकलाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीलगायत विशिष्ट व्यक्ति रेल्वे स्टेशन पुग्नेछन् ।परराष्ट्र मन्त्रालयबाट आएको पत्रअनुसार पर्यटक लक्षित गरी नेपाल भारत सीमा र जनकपुरमा विशेष सुरक्षा अपनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij