
Apr 30 2025 | २०८२, वैशाख १७ गते
कठमाडौँ । समयमै काम नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणले ४ वटा ठेक्का तोड्ने भएको छ । ताकेता गर्दा पनि समयमै काम नगरेको भन्दै ठेक्का तोड्न लागिएको प्राधिकरणल जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभाग काठमाडौँसँग ठेक्का सम्झौता गरेका कम्पनीको कार्यप्रगति सन्तोषजनक नदेखिएकाले ठेक्का रद्द गरेको सूचना जारी गरेको छ ।
प्राधिकरणले निर्माण व्यवसायी जनमुखी कन्स्ट्रक्सन–बागमती कंक्रिट जेभी ललितपुरसँग ३ वटा ठेक्का रद्द गरेको छ । जसमा मुग्लिङका २ वटा र सिन्धुलीको एउटा विद्युत् वितरणसम्बन्धी कार्य ठीक नभएको उल्लेख गर्दै ठेक्का तोड्ने बताएको छ ।
त्यस्तै युनिकोन्र कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई रामेछापमा विद्युत् वितरण कार्य प्रगति राम्रो नभएको उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij