
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले पहिलो पटक स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना गरेको छ । नगर स्तरीय रोभर रेन्जर क्याम्प विशंखुनारायण मा.वि प्रांगणमा तीन दिनसम्म चल्ने छ । स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी छन् ।
साथै, लागु औषध दुरुप्रयोग र प्रचलित कानून सम्बन्धि प्रशक्षिण कार्यक्रममा ५५ जनाको सहभागीता रहेको सामुदायिक प्रहरी सेवा केन्द्र तिखेलेवलकी प्रहरी निरीक्षक फुलकुमारी पौडेलले सहजीकरण गरेकी छन् ।
शनिबार कार्यक्रमको उदघाटन गर्दै नगरपालिकाका मेयर गजेन्द्र महर्जनले रोभर रेन्जर क्याम्पले गोदावरी भरीका सबै विद्यालयमा स्काउटको उपस्थिति गराउने बताए । स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको संयोजक दीपक अर्यालले जानकारी दिए ।
स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर तथा क्याम्प आयोजना गरेको हो । हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij