
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभा अवरुद्ध गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभा अवरुद्ध पारेका हुन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडूले बिहिबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।
एमाले सांसदहरूले मन्त्री बडूले आफ्ना शव्द फिर्ता लिनुपर्ने माग गर्दै उठेर विरोध जनाएपछि सभामुख अग्नि सापकोटाले केहीबेरका लागि बैठक स्थगित गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij