
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । बाँकेको सात वटा स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् । एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई आइतबार मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ दिलाएका छन् ।
आइतबार नेपालगञ्जमा सपथ ग्रहण समारोहमार्फत बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले सपथ लिएका छन् ।
त्यस्तै, आइतबार बिहानै नेपालगञ्ज उपमहानगरपालिका नव निर्वाचित मेयर प्रशान्त बिष्टले सपथ खाएका छन् भने यसअघि नै नव निर्वाचित बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकलाई संयुक्त रुपमा सपथ लिएका छन् ।
अब एक मात्र नगरपालिका कोहलपुरको मतगणना परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij